रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु

File Photo
File Photo

रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै थप ७ जनाको मृत्यु भएको पुष्टि गरेकाे हाे।

मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको  रहेका मन्त्रालयले जनाएकाे छ।

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरिएको छ।

प्रकाशित मिति: : 2024-03-14 18:00:00

प्रतिकृया दिनुहोस्