कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु

Symbolic photo
Symbolic photo

कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ।

कुवेतकाे महाबुल्ला क्षेत्रको सी-साइड रोडमा मंगलबार भएको दुर्घटनामा तीन नेपालीको घटनास्थलमै मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएकाे छ।

मृत्यु हुनेमा काठमाडौंकाे सानो भर्‍याङ्गका सुजन कार्की,  अछामकाे पञ्चदेवल विनायक-५, का सुरतबहादुर कडायत र धनुषाकाे वेंगाडावर-३ का धिरज गुर्मछान मगर रहेका छन्।

राजदूतावासका अनुसार उनीहरू तीनै जना कुवेतको पापाजोन कम्पनीमा कार्यरत थिए।

मृतकका परिवार र कम्पनीसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ।

प्रकाशित मिति: : 2024-03-14 11:30:00

प्रतिकृया दिनुहोस्