कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षकाे उम्मेदवार बनाउने

File Photo
File Photo

नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेकाे छ।

कांग्रेस संसदीय दलको आइतबार बसेको कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेकाे हाे। 

२०७८ मा भएकाे राष्ट्रियसभा सदस्य निर्वाचनमा शर्मा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए।

यसअघि राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार कृष्णप्रसाद सिटौला बनाउने चर्चा  थियाे। तर सत्ता समीकरण परिवर्तन भएपछि शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।

२०३३ मा नेपाली काँग्रेस बाँके जिल्लाको सचिव भएका शर्मा २०४५ देखि २०४९ सालसम्म बाँकेकै सभापति थिए।

यही फागुन २० गतेदेखि राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि उक्त पद रिक्त छ। अध्यक्षको रिक्त पदका लागि यही २९ गते निर्वाचन हुँदैछ। 

प्रकाशित मिति: : 2024-03-10 18:04:00

प्रतिकृया दिनुहोस्