पशुपतिमा माेबाइल ‘क्रेज’ (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ। 

महाशिवरात्रि पर्वकाे अवसरमा शुक्रबार बिहानैदेखि पशुपतिमा भक्तजनको भीड लागेको छ।

भगवान् शिवको पूजा–आराधना गरी मनाइने यस पर्वमा बिहान २ बजेदेखि नै पशुपतिनाथमा भक्तजनले दर्शन गरिरहेका छन्।

महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर आसपासलाई झकिझकाउ पारिएको छ। मन्दिर आसपासका क्षेत्रमा विभिन्न बत्तीले सजावट गरिएको छ।

पाशुपत क्षेत्रलगायतका विभिन्न क्षेत्रमा अहिले विभिन्न प्रकारका बत्तीले सजिसजाउसहित तथा झिलिमिलि पारिएको छ। यसैगरी मन्दिर आसपासको क्षेत्रमा सरसफाइदेखि विभिन्न सजावटले सिँगारिएको छ।

त्यही सजावटमा काेही फाेटाे खिच्न व्यस्त छन् त काेही सेल्फी हान्न। टिकटक बनाउने भक्तजनहरूकाे पनि कमी छैन।

तस्बिरहरू

प्रकाशित मिति: : 2024-03-08 14:30:00

प्रतिकृया दिनुहोस्