रास्वपाले भन्यो– मन्त्रीलाई भेटेर शुभकामना दिनु पर्दैन, मनमनै दिए पुग्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकालाई कसैले पनि भेटेर शुभकामना दिनुनपर्ने बताएको छ। पार्टीका महामन्त्री मुकुल ढकालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लाख्दै शुभकामना मनमनदै दिए पुग्ने बताएका हुन्। 

शुभकामना दिने, फोटो खिन्चे नाममा मन्त्रीहरुको समय नोक्सान हुने भन्दै ढकालले यस्ता गतिविधि गरेर समय नोक्सान नगर्न आग्रह गरेका छन। ‘माननीय मन्त्रीहरूको एक सेकेन्ड पनि ठोस कामबिना नोक्शान नगराइदिनु होला ।बधाइ, शुभकामनालगायत मनमनैदिनु , भेटिभेटी दिनु आवश्यक छैन’, उनले लेखेका छन्। 

उनले अगाडि लेखेका छन्, ‘यो देशलाई माया गर्ने, पार्टीलाई माया गर्ने, मन्त्रीहरूको पनि भलो चिताउने सबैले बुझ्नपर्छ। यो पटक बधाइ, शुभकामना र फोटो खिच्ने नाममा माननीय मन्त्रीहरूको १ मिनट पनि तपाईंका कारणले खर्च भयो भने त्यो ३ करोड नेपालीको ३ करोड मिनेट समय खर्च हुन जान्छ, नोक्सान हुन जान्छ।’ 

यही फागुन २१ गते प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)ले का‌ंग्रेससँगकाे गठबन्धन ताेड्दै एमाले–रास्वापासँग गबन्धन गरेपछि सत्ता परिवर्तन भएकाे छ। 

परिवर्तन भएकाे सरकारमा रास्वापले उपप्रधानमन्त्रीसहित चार मन्त्रालय पाएकाे छ। जसमा उपप्रधानमन्त्रीसहित गृहमा पार्टी सभापति रवि लामिछाने, शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठ र श्रम मन्त्रालयमा  डिबी अर्याल नियुक्त भएका छन्। 

प्रकाशित मिति: : 2024-03-07 10:48:00

प्रतिकृया दिनुहोस्