सहकारीकाे पैसा अपचलन गरेको आरोप लागेका गितेन्द्रबाबु (जीबी) राई पक्राउ नपरेको नेपाल प्रहरीले जनाएको छ।
बिहीबार बिहानै राई सिङ्गापुरबाट पक्राउ परेको समाचारमा कुनै सत्यता नभएको नेपाल प्रहरीका प्रमुख बसन्तबहादुर कुँवरले बताए।
बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भने– ‘होइन पक्राउ परेका छैनन्। पक्राउ परेको भए मलाई थाहा भइहाल्थ्यो नि! हल्लाको पछि नलाग्नुस्।’
बिहीबार बिहानदेखि जीबी राई पक्राउ परेको विषय सामाजिक सञ्चालमा भाइरल भैरहेको छ।
यस्तै नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालले पनि राई पक्राउ नपरेको बताए। ‘उनको खाेजी भइरहेको छ। तर पक्राउ परेको छैन। हल्ला कसरी फैलियो थाहा छैन’, उनले भने।
विभिन्न सहरकारीको बचत अपचलन गरेको आरोप लागेपछि उनी फरार छन् । यसअघि मलेसियामा लुकेको सूचना पाएपछि उनलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलको सहयोग मागेको समाचार बाहिरिएको थियो।