पोखराकाे सूर्यदर्शन सहकारीका थप दुई जनाविरुद्ध डिफ्यूजन नोटिस जारी भएको छ।
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)काे महासचिवालयले सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो।
सूर्यदर्शनका बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेकाे आराेपमा यसअघि शुक्रबार संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा जीबी राईसहित ४ जनाविरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालय काठमाडौँमा पुस ५ मा पत्राचार गरेको थियो।
साेही आधारमा इन्टरपोलले जीबीसहित थप दुई जनाविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो।