गृहमन्त्री माग्दै बालुवाटार पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रालय माग्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।

रास्वपानिकट स्रोतकाअनुसार सभापति लामिछाने र महामन्त्री मुकुल ढकाल बुधबार एकाबिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार गएका हुन्।

माओवादी र रास्वपाले गृहमन्त्रालयमा दाबी नछोडेपछि सत्तासीन दलहरूबीच मन्त्रालय भागबन्डाकाे विवाद कायमै छ।

प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच सत्ता गठबन्धनमा सहभागी अन्य दलहरूलाई कसरी समेटेर लैजाने भन्ने विषयमा छलफल भएको माओवादी केन्द्रका उपमहासचिव तथा कार्यदलका सदस्यले बताएका छन्।

‘रविजीको दाबी आफ्नो ठाउँमा छ, त्यो स्वभाविक पनि छ। तर आजको छलफलचाहिँ सत्ता गठबन्धनलाई कसरी मजबुत बनाएर लैजाने भन्ने विषयमै केन्द्रीत थियो,’ उनले भने।

प्रकाशित मिति: : 2024-03-06 09:58:00

प्रतिकृया दिनुहोस्