प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक १६.७० अंकले बढेको छ। यससँगै सूचक २०५४.७१ बिन्दुमा आएको छ।

१६९ कम्पनीको १ लाखभन्दा बढी कित्ता सेयर कारोबार हुँदा ४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।

यो सेसनमा कूल ७ सय वटा कारोबार भएको हो। १३९ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति: : 2024-03-05 11:23:00

प्रतिकृया दिनुहोस्