भेटिएनन् तीन वर्षअघि सेनाको कलेजबाट हराएका राजेश, रुँदा रुँदा गल्याे परिवार (भिडियाे)

काठमाडौँको सानो भर्‍याङ्गस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बेपत्ता भएका राजेश शाही तीन वर्षसम्म पनि भेटिएका छैनन्।

दैलेखको गुराँस गाउँपालिका वडा नं. २ का राजेश ०७८ भदौ १७ गते साँझ कलेजको छात्रवास (होस्टल)बाट हराएका थिए। तर, उनी अहिलेसम्म पनि नभेटिएको राजेशका बुबा दानबहादुर शाहीले बताए।

राजेशलाई नेपाली सेनाले नै बेपत्ता पारेको आशंका दानबहादुरको दाबी रहेको छ। ‘छोरो सेनाको होस्टलबाट हराएको हो। छाेराे टकार्ने जिम्मेवारी सेनाकाे हाेइन? तर उसले उल्टो दु:ख दिने काम गरेको छ’, दानबहादुरले भने।

छोराको खोजी कार्यका लागि बिन्ती गर्दै राज्यका सबै निकायमा पुगेको भएपनि कसैले पनि आफ्नो कुराको वास्ता नगरेको उनकाे गुनासाे छ।

उनले छोरा टकार्न सेनालाई दबाब दिएका थिए। यद्यपि, सेनाले अनेकौँ बहाना बनाएर दु:ख दिन थालेपछि उनी काठमाडौँ प्रहरी परिसरमा गएका थिए। प्रहरीले सरकारी वकीलको कार्यालयमा पठाएको थियो। तर, सरकारी वकीलको कार्यालयले पनि घटना आफूले हेर्न नमिल्ने बताए फिर्ता पठाएको थियो।

त्यसपछि दानबहादुरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएर छोरा खोज्दिन आग्रह गरेका थिए। यद्यपि, अहिलेसम्म छोरा भेटिएका छैनन्।

डाक्टर बनाउन भनेर सेनाको कलेजमा भर्ना गरेको छोरा बेपत्ता भएकाे तीन वर्षसम्म पनि नभेटिएपछि बिलखबन्दमा परेका दानबहादुरले छोरा खोज्दिन आग्रह गरेका छन्: – 

प्रकाशित मिति: : 2024-03-03 16:53:00

प्रतिकृया दिनुहोस्