प्रतिनिधिसभा बैठक बस्दै, बिमेस्टेक बडापत्र प्रस्तुत गरिने

प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बाेलाइएकाे छ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार सभामुख देबराज घिमिरेले कार्य ब्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिने छन्। र, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले ‘बिमेस्टेक वडापत्र’ प्रस्तुत गर्ने छन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले ‘निर्माणमुखी सामाग्री (ब्यवस्थापन तथा नियमन) बिधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने छिन भने त्यसपछि बैठकमा प्रस्तुत गर्ने छिन्।

अर्थमन्त्री प्रकाशशरण महतले ‘भन्सार बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्ने छन भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य ब्यवस्था समितिको प्रतिवेदनसहितको ‘राष्ट्रियसभामा उत्पति भएको अनुगमन तथा मुल्याङकन बिधेयेक २०८० माथी छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्र।

साथै सो बिधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: : 2024-03-01 09:49:00

प्रतिकृया दिनुहोस्