शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति

तस्बिर : सामाजिक सञ्जाल
तस्बिर : सामाजिक सञ्जाल

कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति दिइएकाे छ।

जिल्ला अदालत काठमाडौँले वाइबालाई बुधबारदेखि नै लागू हुने गरी ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।

वाइबाले आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै खतिवडाले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएपछि उनी बुधबार सिन्धुपाल्चोकबाट पक्राउ परेकी थिइन्।

आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला पछिल्लो समय पवन र उनकी श्रीमती सुम्निमा खालिङको वैवाहिक सम्बन्धलाई लिएर विवादमा छिन्। पवनको विरोध गरिरहेकी उनी सुम्निमाको समर्थनमा थिइन्। 

प्रकाशित मिति: : 2024-02-29 16:26:00

प्रतिकृया दिनुहोस्