जुम ब्यूटी एकेडेमीले पहिलोपटक लिएकाे आन्तरिक प्रतिस्पर्धा समापन भएकाे छ।
एकेडेमीले फागुन–६ गतेदेखि लिइरहेकाे परीक्षा मंगलबार स्वयम्भू शाखामा समापन भएकाे हाे।
आफ्नाे बाह्रै वटा शाखाहरूमा विभिन्न सीपहरू सिक्दै गरेका प्रशिक्षार्थीहरूबीच गराएकाे प्रतिस्पर्धाकाे अन्तिम चरणमा ५२ जनाबाट छानिएका १६ जना थिए। त्यसमध्ये पनि अन्त्यमा तीन जना उत्कृष्ट प्रशिक्षार्थीहरू छनौट गरिने छ।
र, उनीहरूलाई रोजगारको अवसर, गिफ्ट ह्याम्पर, अवार्ड र सम्मानपत्र पनि प्रदान गरिने छ।
‘१२ वटै शाखाहरूका प्रशिक्षार्थीहरूले एकदमै राम्रो मेहेन्दीको डिजाइन बनाउनुभएको छ। एकदमै खुसी लागेको छ’, जुमकी सिईओ जुनु चक्रधरले भनिन्, ‘५२ जनामध्ये १६ जनामा चुनिनु सामान्य कुरा होइन। त्यसैले उहाँहरूलाई म धेरै बधाई दिन चाहन्छु।’
५२ जना प्रशिक्षार्थीहरूबाट तीन जना उत्कृष्ट हुनु आफैंमा गर्व रहेको बताउँदै उनले भनिन्, ‘जुमको वार्षिकोत्सव चैत महिनाको पहिलो सातामा प्रतिस्पर्धामा हुनुभएको उत्कृष्ट तीन जनाको नाम पब्लिस्ट गरिन्छ।’
उत्कृष्ट तीन जनाले विशेष उपहार पाउने उनले सुनाइन्। मानिसहरूले अवसरलाई चुकाउन नहुने उनको भनाइ छ।
‘हामीले अवसर दिइरहेका छौं तर त्यो अवसरलाई प्रशिक्षार्थीहरूले कसरी लिनुहुन्छ भन्नेमा भर पर्छ। पाएको अवसर कहिल्यै गुमाउनुहुँदैन’, चक्रधरले बताइन्।
१२ वटै शाखाका प्रशिक्षार्थीहरूबीच जुमले लिएकाे परीक्षा सकारात्मक नतिजा दिने बताउँछिन्, प्रतिस्पर्धीकी निर्णायक निर्जला श्रेष्ठ।
उनका अनुसार साे परीक्षाले प्रशिक्षार्थीहरूकाे सीपमा पनि सुधार देखिनेछ। ‘यो परीक्षाले विद्यार्थीहरूको सीपलाई झनै बढाउनेछ’, उनले बताइन्।
तीन घण्टासम्म परीक्षा दिइरहेका विद्यार्थीहरूले राम्राेसँग मेहेन्दीकाे डिजाइन बनाएकाे उनले सुनाइन्।
‘सबै–जनाले धेरै राम्रो मेहन्दीको डिजाइन बनाउनुभएको छ। हामी आफैं उत्कृष्ट तीन जनालाई छान्नका लागि अन्योलमा छौं’, श्रेष्ठले भनिन्।
सीप सिक्ने काम आफैंमा चूनौतीपूर्ण रहेपनि निर्णायक भएर उत्कृष्टलाई छान्नु झनै ठुलो संघर्ष रहेको उनले बताइन्। ‘सबैजनाले धेरै राम्रो गर्नुभएको छ’, मेहेन्दी आर्टिसहरूलाई देखाउँदै उनले बताइन्।