संसद् भवनमा सुरक्षा व्यवस्था कडा, फुटपाथमा हिँड्न निषेध (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

नयाँ बानेश्वरस्थित संसद् भवन आसपासमा सुरक्षा व्यवस्था कडा बनाइएकाे छ।

साेमबार दिउँसाे लघुवित्त पीडितहरु संसद् भवनमा छिरेपछि सुरक्षा व्यवस्था कडा बनाइएकाे हाे। संसद् भवन आसपासमा अन्य दिनभन्दा धेरै प्रहरी परिचालन गरिएकाे छ।

प्रहरीले संसद् भवन वरवरका फुटपाथमा हिँड्न पनि निषेध गरेकाे छ। संसद् बाहिरकाे फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको ब्यानरसमेत टाँगिएको छ।

आन्दाेलनका क्रममा विभिन्न जिल्लाबाट काठमाडाैँ आएका लघुवित्त पीडितहरु साेमबार दिउँसाे संसद् भवन प्रवेश गरेका थिए। प्रहरीले प्रवेशद्वारमा राेक्न खाेजे पनि हुलहुजत गर्दै उनीहरु भित्र छिरेका थिए।

लघुवित्त पीडितहरु संसद् भवनमा प्रवेश गरेको घटनाकाे छानबिन गर्न काठमाडाैँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीको नेतृत्वमा साेमबार समिति गठनसमेत गरिएको छ।

प्रकाशित मिति: : 2024-02-27 14:15:00

प्रतिकृया दिनुहोस्