
बिएल संवाददाता
कैलालीको गोदावरीकी एक विवाहित महिला पाँच दिनदेखि सम्पर्कविहिन भएकी छन्। गोदावरी नगरपालिका– ५ वरबट्टाकी सुनीता परियार फागुन ९ गतेदेखि सम्पर्कविहिन भएकी हुन्।
उनको खोजीका लागि प्रहरीमा खबर गरे पनि फेला नपारेको उनका श्रीमान गणेश परियारले बताए।
सुनीताका ससुरा विनोद परियारले राति ९ बजे शौचालय जान्छु भनेर बाहिर निस्केकी बुहारी अहिलेसम्म पनि घरमा नआएको बताए।
उनले बुहारीको खोजी गर्न रातभरि गाउँमा खोजे पनि कतै नभेटेको बताए। भारतमा रहेका सुनीताका श्रीमान् भने उनी हराएपछि घर आएको विनोदले बताए।
सुनिताका ४ छोरा-छोरी छन्।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया