इन्द्रेणीका कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा

इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ।

साेमबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। कँडेलविरूद्ध इन्द्रेणी कार्यक्रमकै कलाकार तथा कर्मचारी रहेकी एक महिलाले मुद्दा दर्ता गराएकी हुन्।

कँडेलका नाममा अदालतमा उपस्थित हुन २१ दिनको म्याद जारी भएकाे छ।

कँडेलले अदालतमा उपस्थित भएर जवाफ दिएपछि थप कानूनी प्रक्रिया अघि बढ्ने बताइएको छ।

पीडित महिलाले आफूलाई कँडेलले दुर्व्यवहार गरेको दाबी गर्दै मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको माग गरेकी छिन्।

कँडेलले पनि यसअघि नै ती महिला कालाकारविरूद्ध मानहानीको मुद्दा दायर गरिसकेका छन्।

केही समयअघि ६ जना कर्मचारीलाई इन्द्रेणीबाट निष्कासन गरेपछि सुरू भएको कृष्ण कँडेल प्रकरण अब नाजुक मोडमा पुगेको छ। यद्यपि, निस्कासित ६ मध्ये पाँच कर्मचारीसँग भने कँडेलले सम्झौता गरी विवाद साम्य पार्ने प्रयास गरेका थिए।

बलात्कार अभियोगमा मुद्दा दायर भएसँगै कँडेलको जीवनमा संगीन मोड आइपुगेको छ।

अब हेर्नु छ, यो मुद्दा कसरी किनारा लाग्ने छ?

कृष्ण कँडेलले भने– मलाई फसाउन खाेजियाे

प्रकाशित मिति: : 2024-02-26 18:06:00

प्रतिकृया दिनुहोस्