प्रहरीको गोली लागेर मृत्यु भएका साहको परिवारलाई सरकारले १० लाख दिने

File Photo
File Photo

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सर्लाहीको वरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेकाे छ।

सरकारकाे तर्फबाट साहको परिवारलाई १० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्त रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगको सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी फागुन २० गतेभित्र सिफारिस गर्ने गरी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ रहेको समिति गठन गर्ने निर्णय गरेकाे छ।

यसैगरी सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद १६ गतेबाट लागू हुने गरी फागुन मसान्तसम्म थप गर्ने निर्णय भएकाे छ।

सरकारले कार्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त स्थानीय तहहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएकाे छ।

सरकारले सार्वजनिक खरिद (तेह्रौं संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेकाे छ।

त्यसैगरी सरकारले भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाललाई बेलायत सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने भएकाे छ।

प्रकाशित मिति: : 2024-02-26 17:52:00

प्रतिकृया दिनुहोस्