रविकाे प्रश्न- मन्त्रीहरूले आफूलाई लागेको आरोपका विषयमा सदनमा उभिएर जवाफ दिन के ले राेक्याे? (भिडियाे)

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने सभामुखबाट स्पष्ट रुलिङ गरेपछि गम्भीर आरोप लागेका मन्त्रीहरूले जवाफ किन नदिएको भनी प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको साेमबारको बैठकमा बाेल्दै उनले याे कुरालाई किन यति धेरै जटिल बनाइएकाे छ भन्दै आपत्तिसमेत जनाए।

‘याे सार्वभाैम संसदलाई लडाइँकाे क्षेत्रजस्ताे, आरोपप्रत्यारोपको क्षेत्रजस्ताे किन बनाइएकाे छ? सभामुखबाट रुलिङसमेत भइसकेकाे विषयमा सरकारका केही मन्त्रीहरूले आफूलाई लागेको आरोपका विषयमा, गम्भीर  आरोपका विषयमा याे सदनमा आएर उभिएर जवाफ दिनका निमित्त रोकेको छ के ले? किनयाे चिज निरन्तर मागिराख्नुपर्ने भयाे?’, उनले भने, ‘यदि कुनै अप्ठ्यारो छैन, यदि आफूमाथि उठेका 
प्रश्नहरूकाे जवाफ दिनसक्ने यथेष्ट आधारहरू छन्। ती आरोप या विषयहरू निराधार हुन् भने सार्वभाैम संसद्‍मा उभिएर त्यसबारेमा भन्नकाे लागि केले रोक्यो?’

उनले मिटरब्याज पीडितका समस्या सम्बोधनका लागि कानुन बनेपछि सरकारले कार्यान्वयन गर्न नसक्दा उनीहरुले न्याय नपाएको बताए।

प्रकाशित मिति: : 2024-02-26 12:35:00

प्रतिकृया दिनुहोस्