मिटरब्याजी पीडित, लघुवित्त पीडित र दूग्ध किसानको समस्या समाधान नगरे संसद अवरूद्ध गर्छाैं: राप्रपा (भिडियाे)

प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मिटरब्याजी पीडित, लघुवित्त पीडित र दूग्ध किसानको समस्या समाधान नगरे संसद बैठक अवरूद्ध गर्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको साेमबारको बैठकमा बाेल्दै सांसद राजेन्द्र लिङ्देनले सरकारले यी तीन विषयमा ठाेस सम्बाेधन नगरे आउने बैठकबाट राप्रपाले संसद अवरूद्ध गर्ने चेतावनी दिएका हुन्।

उनले भने, ‘सरकारले मिटरब्याजी पीडित, लघुवित्त र दूध किसानको समस्यामा अदेखा गरेकाे छ मात्र हाेइन, उनीहरूकाे पीडामाथि जुन हासिकमजाक उँठाइरहेकाे छ, यसरी सधैँ आवाज उठाएर मात्रै हाेइन, अब हामी आवाज उठाएर टुलुटुलु हेरेर बस्न सक्दैनौं, उनले भने, म लामो कुरा भन्दिनँ। सरकारले याे मिटरब्याज, लघुवित्त र दूध उत्पादक किसानको विषयमा आउने बैठकभित्रमा ठोस सम्बोधन गरेन भने  आउने बैठकबाट राप्रपाले संसद् अवरूद्ध गर्छ।’

याे समस्यामा राप्रपा सडक र संसद दुवैतर्फ उभिने भन्दै उनले भने, ‘हामीलाई संख्यामा कम भएकाे कारणले यहाँबाट निकालिन्छ भने हामी निस्कन तयार छाैँ तर याे समस्यामा राष्ट्रिय प्रजातन्त्र पार्टी सडक र संसद दुवैतर्फ उभिन्छ।’

प्रकाशित मिति: : 2024-02-26 11:53:00

प्रतिकृया दिनुहोस्