सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका छन्।
दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा जाेडिएका गुरुङ सामाखुशीबाट पक्राउ परेका हुन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेकाे गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको छ।
मंसिर २२ गते दुबईबाट काठमाडौँ आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो। साेही प्रकरणकाे छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो।