झापाको सरकारी जग्गामा भ्रष्टाचार, माओवादी नेता पुरीसहित १७२ जनाविरुद्ध मुद्दा

File Photo
File Photo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापास्थित चन्द्रगढीकाे नापी कार्यालयका तत्कालीन प्रमुख नापी अधिकृत विष्णुकुमार न्यौपानेसमेत १७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।​​

झापाकाे बालुवाटार भनेर चिनिने रतुवा र दिपिनी खोला किनारको सरकारी सार्वजनिक जग्गा व्यक्तिकाे नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आराेपमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

साविक दमक-६ग र दमक-५ख बीचको मार्जिनका जग्गाहरु २०२१ सालको सुरु नापीमा सरकारी सार्वजनिक भएको फिल्डबुक र जग्गाधनी दर्ता श्रेस्ताबाट देखिएकोमा उक्त कित्ताहरु नापी कार्यालय, चन्द्रगढी, झापा, मालपोत कार्यालय, दमक, झापा र नापी कार्यालय, दमक, झापाबाट पुन:नापीका बखत विभिन्न व्यक्तिहरुको जग्गामा घुसाई हालसाविक प्रक्रियाबाट जग्गादर्ता भएको अख्तियारले जनाएकाे छ।

उक्त प्रकरणमा माओवादी नेता रेवतराज पुरी (गगन पुरी)सहित जग्गा खरिदकर्ताहरु, मालपोत, नापीका कर्मचारी, लेखापढी कानुन व्यवसायीलगायतलाई प्रतिवादी बनाइएकाे छ। गगन पुरीविरुद्ध ६ करोड दुई लाख ७० हजार ४ सय ९९ रुपैयाँ बिगो माग गरिएको छ।  

प्रकाशित मिति: : 2024-02-25 17:42:00

प्रतिकृया दिनुहोस्