बिएल संवाददाता
निर्वाचन आयोगले इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेकाे छ।
आयोगकाे आइतबार बसेकाे बैठकले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङकाे प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते गर्ने निर्णय गरेकाे हाे।
इलाम निर्वाचन-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र-१ बाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वी बहादुर सिंहको निधन भएकाे थियाे। साेही रिक्त स्थानमा उपनिर्वाचन हुन लागेकाे हाे।
‘निर्वाचन आयोगको मिति २०८० फागुन १३ गते बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम वझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा मिति २०८१ वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको छ’, आयोगको विज्ञप्तिमा भनिएकाे छ।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया