बिएल संवाददाता
निर्वाचन आयोगले इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेकाे छ।
आयोगकाे आइतबार बसेकाे बैठकले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङकाे प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते गर्ने निर्णय गरेकाे हाे।
इलाम निर्वाचन-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र-१ बाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वी बहादुर सिंहको निधन भएकाे थियाे। साेही रिक्त स्थानमा उपनिर्वाचन हुन लागेकाे हाे।
‘निर्वाचन आयोगको मिति २०८० फागुन १३ गते बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम वझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा मिति २०८१ वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको छ’, आयोगको विज्ञप्तिमा भनिएकाे छ।

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया