राष्ट्रिष प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले माओवादीलाई लक्षित टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बाेल्दै उनले अपराधीलाई कारबाहीकाे माग गर्दा संसदमा आफ्नाे राजीनामा मागेकाे बताए।
माओवादीका सांसद माधव सापकोटालाई लक्षित शाहीले सांसदकाे राजीनामा कसैले विचार मिलेन भन्दैमा काेही अमुक व्यक्तिले माग्न नपाउने दाबी गरे।
‘म जनताबाट निर्वाचित भएर, जुम्लाका दाजुभाइले आशीर्वाद दिएर पठाएकाे हाे। मैले राजीनामा किन दिने? म ८/९ वर्षका बच्चाबच्चीकाे घाँटी काटेर आएकाे हाे? मैले राजीनामा किन दिने- गुँड्दै गरेकाे बसमा बम हानेर मान्छे मारेकाे हाे? मैले नेपाली दाजुभाइ दिदीबहिनीलाई मारेकाे हाे? जातजाति, धर्म, भेषभूषाका नाममा हिंसा गर्दै आएकाे हाे? मैले राजीनामा के आधार र कुन अवस्थामा दिने?