बिएल संवाददाता
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग भिड्दै छ।
जारी सिरिजको अन्तिम खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान साढे ९ बजेदेखि सुरू हुनेछ।
त्रिदेशीय सिरिजअन्तर्गत नेपालले नामिबियासँगका दुबै खेलमा हार बेहोरेको थियो। त्यस्तै, नेदरल्यान्ड्सले नामिबियासँगका दुई खेलमध्ये एकमा जित र एकमा पराजित भएको थियो।
लिग–२ का चार खेलमध्ये तीन खेलमा जित निकाल्दै नामिबिया शीर्ष सूचीमा छ। समान तीन खेल खेलेका नेपाल र नेदरल्यान्ड्स भने दुई अंकसहित क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन्।
अन्तिम खेलमा जित हात पार्ने रणनीतिमा छ– नेपाल।
नेपाल— रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल।
नेदरल्यान्ड्स— स्कट एडवाड्र्स (कप्तान), म्याक्स ओडाउड, विक्रमजित सिंह, नोआह क्रस, शरिज अहमद, आर्यन दत्त, तेजा निडामानिरु, माइकल लेभिट, भिभियन किंग्मा, वेस्ली ब्यारेसी, स्याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वे, बास डि लिडे, क्याइल केलिन, ओलिभर एलेनबास।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया