बिएल संवाददाता
उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति दिएकाे छ।
बिहीबार उच्च अदालतले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएकाे हाे।
बलात्कार आरोपमा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेकोमा उनले त्यसविरुद्ध बिहीबार उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन्।
पुष २५ गते जिल्ला अदालतले उनलाई बलात्कार मुद्दामा दाेषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएकाे थियाे। जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै उनले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका हुन्।
पुस १३ न्यायाधीश ढकालकाे इजलासले सन्दीपले एक किशाेरीकाे नाजुक आर्थिक अवस्थाकाे फाइदा उठाएर बलात्कार गरेकाे ठहर गरेकाे थियाे। बलात्कार मुद्दामा दाेषी ठहर भएका सन्दीपलाई पुष २५ गते ८ वर्ष कैद सजाय सुनाइएकाे थियाे।
लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कारको उजुरी परेपछि साेही वर्ष असोज २० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया