मिडियासँग रवि लामिछानेले मागे माफी (भिडियाे)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विगतमा आफूले मिडियामाथि गरेकाे व्यवहारप्रति माफी मागेका छन्।

सहकारीकाे रकम हिनामिनालगायत आराेपसहित समाचार प्रकाशन भएपछि साेमबार पार्टी कार्यालयमा आयाेजित पत्रकार सम्मेलनमार्फत् रविले आफूले विगतमा मिडियाप्रति गरेकाे व्यवहारप्रति माफी मागे।

उनले जिम्मेबार राजनीतिक दलमा भएपछि केही फरक ढंगले बाेल्नुपर्छ भन्ने कुराकाे महसुस भएकाे बताए।

‘केही अगाडि सञ्चार माध्यमप्रति केही खराे टिप्पणी भएकाे हुनाले अलिकति आलाेचना भएकाे छ, म त्यसलाई स्विकार्छु’, रविले भने, ‘जिम्मेबार राजनीतिक दलमा भइसकेपछि आफ्ना कुराहरू अलिकति राम्राे ढंगले राख्नुपर्छ भन्ने कुरा स्विकार्नुपर्छ र पछिल्लाे समय साथीहरूले पनि महसुस गर्नुभएकाे छ हाेला।’

उनले अगाडि भने, ‘अघिल्लाे प्रेस मिटहरूमा मैले केही साथीहरूलाई आवेशवश प्रसनल्ली अट्याक्ट पनि गरेकाे छु। त्यसकाे लागि क्षमा चाहन्छु। रमेश काेइरालाजस्ताे साथीलाई प्रसनल अट्यक्ट हुन गयाे, क्षमा गर्नुहाेला, धर्म भुसालज्यूलाई पनि प्रसनल अट्यक्ट हुन गयाे, सम्भव सिराेहियाजीलाई पनि प्रसनल अट्यक्ट हुन गयाे, म प्रसनल रूपमा नगएकाे भए हुन्थ्याे अब त्यस्ताे आज पनि हुँदैन र भविष्यमा पनि हुँदैन।’

उनले आफ्नाे लडाइँ बेथितिविरुद्ध भएकाे र एकअर्काविरुद्ध नभएकाे उल्लेख गरे।

भिडियाे :

प्रकाशित मिति: : 2024-01-22 21:25:00

प्रतिकृया दिनुहोस्