इजरायलद्वारा गाजाको दक्षिणमा आक्रमण, बन्धक परिवारद्वारा सम्झौताका लागि दवाव

File Photo
File Photo

इजरायली सेनाले गाजामा युद्धको नयाँ केन्द्रबिन्दु खान युनिसमाथि सोमबार बमबारी गरेको छ।

हमासले बन्धक बनाएका व्यक्तिका परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई उनीहरूको रिहाईका लागि सम्झौतामा पुग्न आग्रह गरेका छन्।

प्रत्यक्षदर्शीहरूले दक्षिणी गाजाको सबैभन्दा ठूलो शहर खान युनिसमा रातभर घातक आक्रमण भएको र इजरायली सैनिक र हमास लडाकूहरूबीच भीषण भिडन्त भएको बताएका छन्।

गत अक्टोबर ७ मा इस्लामिक आन्दोलनका लडाकुहरूले गरेको आक्रमणमा परी करिब एक हजार १४० जनाको मृत्यु भएपछि नेतन्याहुले हमासमाथि ‘पूर्ण विजय’ हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

हमासका लडाकूले बन्धक बनाएका करिब २५० जनामध्ये १३२ जना अझै पनि गाजामा हमासको नियन्त्रणमा रहेको इजरायलले बताएको छ।

इजरायली सेनाका अनुसार युद्धले व्यापक तनाव बढाउने डरलाई बढावा दिएको छ। लेबनानको सीमा नजिक उत्तरी इजरायलमा रातारात साइरन बजाइएको छ।

लेबनानमा इजरायली सेना र इरान समर्थित हेजबुल्लाह आन्दोलनबीच दैनिकजसो गोली हानाहान हुने गरेको छ भने दक्षिणी लेबनानका कैयौँ क्षेत्रमा रातारात आक्रमण भएको छ।

इजरायलको यस्तै एउटा आक्रमणमा लेबनानी हेजबुल्लाहसमूहका एक लडाकूको मृत्यु भएको हमास सम्बद्ध स्रोतले जनाएको छ।

इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा पनि हिंसा बढेको छ।

यमनका हुथी विद्रोहीहरूले ‘रेड सी’ को महत्वपूर्ण व्यापारिक मार्गहरूमा इजरायल–सम्बद्ध जल यातायात मार्गमा आक्रमण गरेका छन्। यसले प्रतिशोधात्मक अमेरिकी र बेलायती आक्रमणहरू निम्त्याएको छ।

प्रायः सिरिया र इराकमा आक्रमणहरू इजरायलमा अमेरिकी समर्थनको विरोध गर्दै गरिएको इरान–सम्बद्ध लडाकूहरूले दावी गरेका छन्।

प्रकाशित मिति: : 2024-01-22 16:05:00

प्रतिकृया दिनुहोस्