मुम्बईको २२ तले भवनमा भीषण आगलागी

भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ।

बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्थित भवनमा आगलागी भएको हो।

घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ।

आगलागीको जानकारी प्राप्त हुनासाथ पाँच दमकलसहितको उद्धार टोली घटनास्थलमा पुगेको थियो। 

घटनाको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।

प्रकाशित मिति: : 2024-01-21 06:20:00

प्रतिकृया दिनुहोस्