अमेरिकामा उच्च शिक्षाका लागि आएकी काभ्रेकी एक युवतीलाई अमेरिकी अध्यागमनले विमानस्थलबाटै फिर्ता पठाइदिएको छ ।
एलिनोयको शिकागो विमानस्थलबाटै फिर्ता पठाइएकी युवती काभ्रेकी एक स्टाफ नर्स भएको बताइएको छ।
बीएस्सी नर्सिङ गरेकी उनी नर्सिङ्मै मास्टर गर्न सबै प्रक्रिया पूरा गरेर अमेरिका उडेकी थिइन्।
अमेरिकास्थित उनका एक आफन्तले उनको नाम सार्वजनिक नगर्न आग्रह गर्दै ब्रेक एन लिंक्ससँग भने, ' उनी शनिबार साँंझ शिकागो विमानस्थलमा ओर्लिएकी थिइन्। मंगलबर साँझ हङकङ् हुँदै नेपाल नै फिर्ता पठाइन्।'
ती आफन्तका अनुसार ती युवतीको वर्षको २९ हजार डलर ट्युशन फी थियो । पहिलो सेमेस्टको तिरिसकेकी थिइन्। दोस्रो सेमेस्टरदेखि शुल्क तिर्ने पर्याप्त पैसा पनि नेपालको बैंकमा थियो। बैंकको कागजात देखाउँदा पनि अध्यागमन अधिकारी विश्वस्त भएनन्।
नेपालमा उनका बुबा सरकारी कर्मचारी र आमा शिक्षिका हुन्।
विश्वविद्यालयबाट प्राप्त गरेको आई ट्वान्टी, सेभिज शुल्क तिरेको भर्पाइलगायतका सबै कागजातका आधारमा उनले अमेरिकाको विद्यार्थी भिसा पाएकी हुन्। विश्वविद्यालयले उनले शुल्क तिर्न सक्छिन् भन्ने पर्याप्त आधार देखेर नै उनलाई आई ट्वान्टी दिएको हो ।
अमेरिकामा उच्च शिक्षाका लागि आएकी काभ्रेकी एक युवतीलाई ट्युसन फी तिर्ने आधार नदेखिएको भन्दै शिकागो विमानस्थलस्थित अध्यागमनले फिर्ता पठाइनु उनीप्रतिअन्याय त हो नै, अमेरिकी पद्धतिको खिल्ली उडाइएको प्रतिनिधि घटना पनि हो । यदि उनी पैसा तिर्न सक्किदनथिन् भने के हेरेर विश्वविद्यालयले आईट्वान्टी पठायो, के हेरेर काठमाडौैस्थित अमेरिकी दूतावासले भिसा जारी गर्यो? प्रश्न उठाउने प्रशस्तै ठाउँ छन्।
यी सबै प्रक्रिया पूरा गरेर एक अमेरिकी विश्वविद्यालयकी ग्राजुयट प्रोग्रामकी विद्यार्थीका रूपमा उनी अमेरिका आएकी हुन्। तर, यी सबै पद्धति र प्रक्रिया पूरा गरेकी उनी शिकागो विमानस्थल अध्यागमन कार्यालयका एक जना अधिकारीको सनकका आधारमा डिर्पोर्ट भइन् ।
यो एक किसिमको अन्याय त हो नै, अमेरिकी पद्धतिको खिल्ली उडाइएको दृष्टान्त पनि हो । यदि उनी पैसा तिर्न सक्किदनथिन् भने के हेरेर विश्वविद्यालयले आईट्वान्टी पठायो, के हेरेर काठमाडौैस्थित अमेरिकी दूतावासले भिसा जारी गर्यो? प्रश्न उठाउने प्रशस्तै ठाउँ छन्।
अमेरिकामा सिस्टमको जतिसुकै कुरा गरे पनि वास्तवमा अमेरिका सिष्टमले भन्दा पनि दुई जी- गड र गनले चलेको देश हो। एकै ठाउँमा एकै व्यक्तिले काम तमाम हुने अमेरिकामा कहिलेकाँही एकजना व्यक्तिको सनकमा भरमा अप्रिय निर्णय हुने गरेका अनेकौ दृष्टान्त् छन्।
यो पनि एउटा त्यस्तै अप्रिय दृष्टान्त हो ।
अमेरिकामा यस्तो अप्रिय घटना ब्यहोर्ने उनी पहिलो नेपाली विद्यार्थी हैनन्। वर्षमा ५-१० जनाकै संख्यामा यस्ता घटना हुने गरेका छन्। तर, नेपालीहरू लाज हुन्छ, इज्जत जान्छ भनेर यस्ता घटना सार्वजनिक गर्दैनन्। यही घटनामा पनि डिपोर्ट गरिएकी युवतीको नाम उनीहरूकै आफन्तका कारण लेख्न सकिएन।
वास्तवमा यो एक किसिमको अन्याय हो। लाज र शरम हुनुपर्ने विषय नै हैन। यस्ता घटनाहरू सार्वजनिक हुँदा नै सचेतना बढ्ने र अरू यस्ता घटना नदोहोरिने सम्भावना रहन्छ।