नक्कली मदिरा बनाएर बेच्ने गिराेह पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टोलीले बुधबार नक्कली मदिरा बनाउने गिरोहका ९ जनालाई पक्राउ गरेकाे हाे।
काठमाडौँको कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडामा लिएर उनीहरुले स्वदेशी तथा विदेशी रक्सीको बोतलमा नक्कली रक्सी भरेर बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएकाे छ।
महँगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा भरेर बेचविखन गरेका पाइएपछि उक्त घरमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको हाे।
पक्राउ पर्नेमा रामेछाप घर भइ मुलपानी बस्ने २८ वर्षीय मनोज खत्री, कोटेश्वर बस्ने ३६ वर्षीय बिनोद कुमार कार्की, सिन्धुपाल्चोक घर भइ हाल मुलपानी बस्ने २७ वर्षीय मोहन खड्का, १८ वर्षीय रोशन कार्की, सिन्धुली घर भइमुलपानी बस्ने २८ वर्षीय गौरव तामाङ, कोटेश्वर बस्ने ४० वर्षीय लेख ब्रिकम थापा, रामेछाप घर भइ मुलपानी बस्ने २३ वर्षीय महेश खत्री, २० वर्षीय मनिश खत्री र मुलपानीका ३५ वर्षीय सुमन नगरकोटी रहेका छन्।