बिएल संवाददाता
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएकाे खेलमा कर्णालीले गण्डकी प्रदेशलाई पराजित गरेको छ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएकाे खेलमा कर्णालीले गण्डकीलाई ७ रनले पराजित गरेको हो। गण्डकीको यो लगातार दोस्रो हार हो।
गण्डकीले दिएको १२३ रन पछाएको कर्णालीले ३३ ओभरमा लक्ष्य पूरा गर्यो। कर्णालीको लागि हिमान्सु शाहीले सर्वाधिक ५३ रन बनाए। कप्तान रविन्द्र शाहीले २० रन बनाउँदा निश्चल रावल २९ र अर्जुन घर्ती १० रनमा अविजित रहे।
गण्डकीको लागि कप्तान विपिन खत्रीले १ विकेट लिए भने अंकित न्यौपानेले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको गण्डकीले ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। गण्डकीका लागि कमल गुरुङ र कमल परियारले सर्वाधिक २१-२१ रन बनाए भने विपिन खत्रीले १० रन बनाए। त्यस्तै, आश्वानी रानाले १६ रन बनाउँदा अन्य ब्याटरले दोहोर अंक जोड्न सकेनन्।
कर्णालीको लागि अनुज चनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले २-२ विकेट लिए भने प्रकाश जैसी, दीवान पुन र रविन्द्र शाहीले १–१ विकेट लिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया