उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दाेषी देखिएका सबैलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको साेमबारकाे बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले छानबिन समितिले गरेकाे छानबिनका क्रममा देखापरेका सबै दाेषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्।
‘याे घटनाकाे सबै सेराेफेराेमा छानबिन समितिले छानबिन गर्नेछ, जाे जाे दाषी देखापर्छन्, ती सबैलाई कानुनकाे दायरामा, कारबाहीकाे दायरामा ल्याइनेछ र त्याे प्रतिवेदन कार्यान्वयन गरिनेछ’, उनले भने।
उपप्रधानमन्त्री श्रेष्ठले मृतकका परिवारलाई आर्थिक सहयोग थप गर्नेबारेमा पनि सरकार परामर्शमा रहेको बताए।
‘मृतकका परिवारलाई जनही १० लाख रूपैयाँ दिने प्रारम्भिक निर्णय हो, इपिएस कोष र वैदेशिक रोजगार बोर्डमार्फत थप सहयोग गरिनेछ’, उनले भने।
मृतकका परिपवारलाई योग्यताअनुसारको रोजगारी सरकारले नै उपलब्ध गराउने उनको भनाइ छ।