नेकपा (एमाले)ले सांसद रघुजी पन्तले प्रहरीलाई उचित तालिम नदिएका कारण बालकुमारी घटनामा मानवीय क्षति भएकाे दाबी गरेका छन्।
साेमबार बिहान सिंहदरबारमा बसेकाे राज्य व्यवस्था समितिकाे बैठकमा बाेल्दै सांसद पन्तले प्रहरीलाई उचित तालिम नदिएकाे कारण अप्रिय घटनाहरु भइरहेकाे दाबी गरेका हुन्।
‘प्रहरीले सामान्यतया टाउकाेमा, छातीमा ताकेर त गाेली हान्दैनन् नि’, उनले भने, ‘प्रहरीले गाेली नै हान्नु परे पनि मान्छे नमर्ने गरी नै हान्छ तर प्रहरीकाे ट्रेनिङ र साधन, स्राेत यति कमजाेर छ कि उसले राम्राेरी निसाना पनि लगाउन सक्दैन’, उनले भने। याे कुरा गृहमन्त्रीले साेच्ने कुरा रहेकाे उनकाे भनाइ छ।
उनले सरकारले प्रहरीलाई उचित साधन र स्राेतकाे व्यवस्था गर्न समेत अनुराेध गरे।