प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गरिने, ६८ वटा दरबन्दी कटौती

File Photo
File Photo

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनर्संरचना गर्ने भएकाे छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कार्यालयको पुनर्संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गरेकाे हाे।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा पद कटौती गरेकाे छ। 

कटौतीमा परेका ६८ जना कर्मचारीको दरबन्दी अन्यन्त्र पठाइने उनले बताइन्।

यसैगरी बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई तोक्ने निर्णयसमेत गरेकाे छ।
 

प्रकाशित मिति: : 2023-12-28 17:16:00

प्रतिकृया दिनुहोस्