‘अन्डरवर्ल्ड डन’लाई ‘इसारा’ मा नचाएकी ममता कुलकर्णी 

बलिउडका कयाैं अभिनेत्रीहरूकाे नाम व्यापारीलगायत निर्देशकहरूसँग चल्याे। तर बलिउडकी केही अभिनेत्रीकाे अफेयर भने ‘अन्डरवर्ल्ड डन’ सँग पनि चर्चामा रह्याे। जसले दुनियाँलाई हल्लाउने ‘अन्डरवर्ल्ड डन’ लाई आफ्नो इसारामा नचाइरहिन्।


ममता कुलकर्णीले सन् १९९२ मा फिल्म 'तिरंगा' बाट आफ्नो करियर सुरु गरेकी थिइन् तर फिल्ममा उनको सानो भूमिका थियो।

यसपछि ममताले सन् १९९३ मा सैफ अली खानसँग फिल्म 'आशिक आवारा' मा मुख्य भूमिका निभाएकी थिइन्। पहिलो फिल्म हिट साबित भयो र उनले सर्वश्रेष्ठ डेब्यू अभिनेत्रीको पुरस्कार प्राप्त गरिन्।

नब्बेको दशकमा ममता सबैभन्दा बोल्ड अभिनेत्रीकाे लिस्टमा गनिएकी थिइन्। यसको कारण स्टारडस्ट म्यागजिनका लागि उनको टपलेस फोटोसुट थियाे।

स्टारडस्ट म्यागजिनले ठूलो अनुहार चाहेको थियो, तर सबै वर्तमान अभिनेत्रीहरूले यस्तो बोल्ड सुटका लागि इन्कार गरेपछि ममता तयरा भएकी थिइन्। उनले  म्यागजिनलाई दिएकाे फाेटाेका कारण उनी निकै विवादित भइन्।

एक समय यस्तो पनि भयाे कि सलमान खान र आमिर खानसँग काम गरेकी ममताको माग यति बढ्यो कि उनले अभिनेता र निर्देशकसँग काम गर्न अस्वीकार गर्न थालिन्।

ममताले अजय देवगन, शाहरुख खान, सलमान खान जस्ता धेरै सुपरस्टारसँग काम गर्न अस्वीकार गरिन्। यसैकारण उनलाई 'रिजेक्सन क्वीन'को नामले पनि चिनिन्थ्यो।

आफ्नो करियरको उत्कर्षमा ममताको नाम अन्डरवर्ल्ड डन छोटा राजनसँग पनि जोडिएको थियो। यी दुईबीच अफेयरको खबर पनि आएको थियो। यो पनि भनिन्छ कि छोटा राजनका कारण ममताले बलिउडमा फिल्म पाइन्।

एक समय ममता कुलकर्णी र छोटा राजनको विवाह हुन लागेको थियो तर पछि कुनै कारणवश दुबैले विवाह गर्न सकेनन्।

सन् १९९८ मा फिल्म निर्माता राजकुमार सन्तोषीले आफ्नो फिल्म 'चाइना गेट' का लागि ममता कुलकर्णीलाई रोजेका थिए। तर केही कारणले गर्दा सन्तोषीले उनलाई आधा फिल्मपछि निकालिदिए।

तर त्यतिबेला ममताकै कारण सन्तोषीलाई छोटा राजनले धम्की दिएका थिए। त्यसपछि ममताले पूरै फिल्ममा काम गरिन्। यद्यपि, यी सबै कुराले फिल्मलाई असर गर्यो र करोडौंको कमाई गर्ने फिल्म नराम्रोसँग फ्लप भयो र यससँगै ममताको फिल्मी करियर पनि समाप्त भयो।

ड्रग्स माफियासँग जाेडियाे नाम

उनको अन्तिम रिलिज फिल्म सन् २००२ को फिल्म 'कभी तुम कभी हम' थियो तर त्यसपछि उनी फिल्मी दुनियाँ, फिल्म र हेडलाइनबाट टाढा भइन् र लगभग १२ वर्षपछि उनी चर्चामा आइन् जब उनको नाम ड्रग्स माफिया विक्की गोस्वामीसँग जोडिएको थियो।

यो खबरपछि ममताको एक तस्वीरले मानिसहरूलाई नराम्रोसँग चकित पारेको थियो, जसमा हिन्दी फिल्मको ग्ल्यामरस गुडियालाई भगवा वस्त्र लगाएकी सन्यासिनीको रुपमा देखिएको थियो। 

भनिन्छ, कि विक्की छोटा राजनसँग धेरै नजिक थिए तर पछि उनीहरू एकअर्कासँग टाढिए। किनकी उनीहरू दुबै जनाकाे प्रेमीका एकै थिए। ममताले यसै क्रममा आफ्नो एउटा पुस्तक पनि सार्वजनिक गरेकी थिइन्, जसमा उनले आफू बलिउडको चकाचौंधबाट बाहिर निस्केर आध्यात्मिकतातर्फ अघि बढेको बताएकी थिइन्।

प्रकाशित मिति: : 2023-12-21 20:30:00

प्रतिकृया दिनुहोस्