माओवादी पदाधिकारी बैठक प्रधानमन्त्री निवासमा बस्दै, सरकारका कामकाे समीक्षा गरिने

नेकपा (माओवादी केन्द्र)काे पदाधिकारी बैठक आज (बुधबार) पनि बस्दैछ। दिउँसाे तीन बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बाेलाइएकाे हाे।

बैठकमा आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन, आगामी राजनीतिक कार्यदिशा र सरकारका कामकाे समीक्षा गरिने बताइएकाे छ।

आजकाे बैठक मंगलबारकाे बैठककै निरन्तरता हाे। मंगलबारकाे बैठकमा ती विषयमा छलफल भएकाे थियाे। आजकाे बैठकले ती विषयबारे निर्णय गर्ने बताइएकाे छ।

प्रकाशित मिति: : 2023-12-20 07:36:00

प्रतिकृया दिनुहोस्