वीर अस्पतालका निर्देशक पौडेललाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले वीर अस्पतालका कार्यकारी निर्देशक डा.सन्तोष पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

मंगलबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश दिएको हो।

यसअघि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मंसिर १५ गते वीर अस्पतालका कार्यकारी निर्देशकबाट डा. पौडेललाई पदबाट हटाउने निर्णय गरेका थिए।

मन्त्री बस्नेतले निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी पौडेललाई मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाएका थिए।

प्रकाशित मिति: : 2023-12-19 15:17:00

प्रतिकृया दिनुहोस्