‘श्रमिक वर्गको समस्या समाधान गर्न आवश्यक छ ’

बिएल संवाददाता

सुन्दरहरैँचा (मोरङ)
फाइल तस्बिर
फाइल तस्बिर

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उहाँले श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि आउँदैन भने।

“श्रमिकको सम्मान छैन, त्यसैले हामी पछाडि छौँ”, उनले भने, “यहाँ कामका आधारमा प्रयोग गर्ने भाषा र व्यवहार फरक छ। त्यसमा  विभेद कायम नै छ।” मुख्यमन्त्री कार्कीले श्रमिकलाई गर्ने व्यवहार र बोलीमा घरबाटै सुधार गर्नुपर्छ भने।

 “श्रमिकसँग गर्ने व्यवहारमा समानता नआउञ्जेल परिवर्तन हुँदैन”, उनले भने, “सरकारमा बस्नेले सबैसँगको व्यवहार र बोलीमा एकरूपता ल्याउनुपर्छ, त्यसमा सरकार प्रतिबन्ध छ।” 

उपसचिव कृष्णप्रसाद पोखरेलले कोशी प्रदेशमा श्रम, रोजगार र आप्रवाससम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सुरक्षित आप्रवाशनका लागि कोशी प्रदेशका १४ वटै जिल्लामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको बताए।

प्रकाशित मिति: : 2023-12-18 21:54:00

प्रतिकृया दिनुहोस्