प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलकाे किनबेच प्रक्रियामा आफूलाई जाेडेर कुप्रचार गरिएकाे भन्दै असन्तुष्टि पाेखेका छन्।
महाेत्तरीकाे एक विद्यालयकाे स्वर्ण महाेत्सवमा बाेल्दै प्रधानमन्त्री प्रचण्डले सरकारका राम्रा कामकाे विराेध गरिरहेकाहरुले एनसेलकाे खरिद-बिक्री प्रकरणमा आफूलाई जाेडेर जनतलाई भ्रमित पारेकाे प्रतिक्रिया दिएका हुन्।
‘अहिले मेराे नेतृत्वकाे सरकारले विश्वव्यापी रुपमा र देशभरि पनि सामाजिक न्याय र सुशासनका पक्षमा थालेका कामहरु, अर्थतन्त्र सुधारका निम्ति थालेका कामहरुबाट आतङ्कित भएर एनसेलमा अर्बाैं भ्रष्टाचार गर्याे प्रचण्डले भनेकाे देखेँ मैले’, उनले भने, ‘मैले आउने बित्तिकै गठबन्धनकाे बैठक र मन्त्रिपरिषद्काे बैठक राखेर एनसेलसम्बन्धी भएका गतिविधिकाे छानबिनकाे लागि समिति बनाएपछि ती फटाहरुकाे मुखमा बुझाे लागेकाे छ।’ तर, त्यस्ता फटाहहरुले जानी-बुझी नेपाली जनतालाई भ्रमित बनाउने काेसिस गरेकाे उनले आराेप लगाए।
उनले एनसेलकाे खरिद-बिक्री हुँदा आफू विदेशमा रहेकाे र त्यतिबेला त्यसबारे खासै जानकारी नभएकाे तर स्वदेश फर्किएपछि छानबिनकाे लागि समिति बनाएकाे र अब सबै कुरा छानबिनपछि स्पष्ट हुने बताए।