संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले महासचिव गौतमले दिएको राजीनामा बुधबार स्वीकृत गरेका हुन्।
महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट दिएको राजीनामा सोही मितिदेखि नै लागू हुनेगरी राष्ट्रपतिले आज स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।