बिएल संवाददाता
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारीबीच कृषि अनुसन्धानका विविध विषयमा उच्चस्तरीय छलफल भएको छ।
नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज दुबै संस्थाका बीचमा कृषि अनुसन्धानमा भइरहेको सहकार्यलाई थप विस्तार गर्नेबारेमा छलफल भएको छ।
छलफलमा नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले नेपालको कृषि अनुसन्धान प्रणाली, विद्यमान समस्या, भावी कार्यदिशा र सिमिटसँगको सहकार्यमा भएका उपलब्धि तथा थप सहकार्यका विषयहरु प्रस्तुत गरेका थिए।
उनले सिमिटसँगको सहकार्य विस्तार गर्न नार्क सधैँ तयार रहेको बताउँदै यसको थप विस्तारका लागि बदलिँदो परिस्थितिमा उपयुक्त अनुसन्धानको रोडम्याप तयार गरेर अगाडि बढनुपर्ने बताए।
सिमिटका महानिर्देशक डा.ब्राम गोभाएट्सले नार्कसँगको समन्वयमा सिमिटले नेपालमा मकै र गहुँका प्रविधि पत्ता लगाउन सहयोग गरेको र नार्कले सफलतापूर्व सो कार्य सम्पन्न गरिरहेकोमा खुशी व्यक्त गरे।
उनले नेपालमा गहुँ र मकैका जातको विकास, बाली प्रणालीको उत्पादकत्व वृद्धि, मकैमा आधारित जिविकोपार्जनमा जलबायुमैत्री अनुसन्धानको मोडेल, डिजिटल कृषि, कृषि यान्त्रिकरण, क्षमता अभिवृद्धि र निजी क्षेत्रको सहभागिता, लैङ्गिक तथा समाजिक समावेशिता जस्ता विषयमा सिमिट सहयोग गर्न सधैँ तयार रहेको बताए।
उनले कृषिका तीन वटा खम्बा कषि अनुसन्धान, कृषि प्रणालीको विकास र निजी क्षेत्रसंगको साझेदारीलाई अंगालेर अगाडि बढिरहेको बताए। विगतका सफलता र कमजोरी दुबैबाट सिकेर नयाँ योजना बनाउनुपर्ने उनको धारणा थियो।
कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायले नेपालमा सिमिटसँगको सहकार्यमा विकसित प्रविधि किसानसम्म पुर्याउन सञ्चारको विशेष महत्व रहेकाले परियोजनाको विकासदेखि प्रविधि हस्तानान्तरणसम्म सूचना र सञ्चारलाई अभिन्न अंगका रुपमा समावेश गर्नुपर्ने बताए।
छलफलमा नार्कका बाली तथा बागवानी निर्देशक टिकाबहादुर कार्की, आर्थिक प्रशासन निर्देशक मनसकुमार कंडेल, योजना महाशाखा प्रमुख डा.टेकप्रसाद गोतामे, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा.श्रीप्रसाद विष्ट, राष्ट्रिय विउविजन अनुसन्धान केन्द्रका प्रमुख डा.पल्लवी सिंह लगायतको सहभागिता रहेको थियो।
यसैगरी सिमिटको तर्फबाट डा.दिउतीमान चौधरी, डा. पिटर क्राफोर्ड, डिल्ली केसी, रुदृक्षा राई पराजुली, लिजबेट भेनिभेल, विनय पराजुली, अब्दुल रहमान बसिरलगायतको सहभागिता रहेको थियो।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया