बिएल संवाददाता
नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसी गाेलरहीत बराबरीमा राेकिएका छन्।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएकाे खेल यी दुई समूह गाेलरहीत बराबरीमा राेकिएका हुन्।
दुबै टाेलीले गाेल गर्ने अवसर पाएपनि समयकाे सदुपयाेग गर्न सकेनन्। रमाइलाे बनेकाे खेलमा दुबै टाेलीले आक्रामक खेलेका थिए।
यता, ललितपुरले भन्दा पाेखराले गाेल गर्ने धेरै अवसर पाएपनि पाेखराले सदुपयाेग गर्न सकेन। यसअघि भएकाे पहिलाे खेलमा दुबै टाेलीले जित हासिल गरेका थिए।
ललितपुरले पहिलाे खेलमा बुटवल लुम्बिनी एफसीलाई २-० ले हराएकाे थियाे भने पाेखराले एफसी चितवनलाई १-० ले पराजित गरेको थियो। याे बराबरीसँगै ललितपुर ४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ।
दोस्राे स्थानमा पाेखरा छ भने काठमाडौं तेस्रो स्थानमा छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया