प्रदूषणका कारण पाकिस्तानको पञ्जाबका १० जिल्लामा ‘स्मार्ट लकडाउन’ लागू

पाकिस्तानको पञ्जाबमा प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले हालैको धुँवाको अवस्थालाई ध्यानमा राख्दै प्रान्तको दश जिल्लाहरूमा स्मार्ट लकडाउन लागू गरेको एआरवाई न्यूजले उल्लेख गरेको छ। विश्वकै प्रदूषित सहरको सूचीमा यो प्रान्तले लगातार शीर्ष स्थान कायम राख्दै आएको छ।

विवरणअनुसार लाहोर, गुजरनवाला, फैसलाबाद, मुल्तान, साहिवाल र सरगोधा डिभिजनमा स्मार्ट लकडाउन लागू रहनेछ।

उपरोक्त जिल्लाका शैक्षिक संस्था पनि बन्द छन्। यसैबीच, बजार, पसल, सिनेमाघर र रेष्टुरेन्टहरू दिउँसो ३ बजेसम्म बन्द रहने एआरवाई न्यूजले उल्लेख गरेको छ।

शहरको समग्र वायु गुणस्तर सूचकांक एक्यूआई ३७९ मा रेकर्ड गरिएको छ। यसपछि लाहोर संसारको सबैभन्दा प्रदूषित शहर बनेको छ।

विज्ञहरूले धुवाँबाट बच्न नागरिकलाई मास्क लगाउन र आवश्यक सावधानी अपनाउन सुझाव दिएका छन्। पञ्जाब सरकारका अधिकारीहरूले नागरिक र उद्योगीहरूलाई यस विपत्तिसँग लड्न अधिकारीहरूसँग सहयोग गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2023-11-25 09:09:00

प्रतिकृया दिनुहोस्