बल्खुमा दुर्गा प्रसाईं समूहकाे प्रदर्शन (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वकाे ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले काठमाडाैँकाे बल्खुमा प्रदर्शन गरेकाे छ।

देशभरबाट आएका प्रसाईंका समर्थकहरुले बिहीबार बल्खुमा भेला भएर प्रदर्शन गरेका हुन्।

भ्रष्टाचार, अनियमितता, घुसखोरी, अन्याय र अत्यचारविरुद्ध लोकतान्त्रिक व्यवस्था परिवर्तनको लागि भन्दै प्रसाईंकाे अभियानले आन्दोलन गरेकाे हाे। 

अभियानको आन्दोलन कार्यक्रमको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खु क्षेत्रलाई तोकिदिएको छ।

प्रकाशित मिति: : 2023-11-23 13:45:00

प्रतिकृया दिनुहोस्