बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप

शनि शाक्य

काठमाडौं

बल्खुमा दुर्गा प्रसाईं र नेकपा (एमाले)निकट युवा संघका कार्यकर्ताबीच झडप भएकाे छ।

कालीमाटीतर्फबाट आएका युवा संघका कार्यकर्ता र बल्खुमा रहेका दुर्गा प्रसाईंका कार्यकर्ताबीच झडप भएकाे हाे।

जिल्ला प्रशासन कार्यालयले दुर्गा प्रसाईंकाे समूहकाे लागि आन्दाेलन गर्न बल्खु क्षेत्र ताेकिदिएकाे थियाे। यद्यपि, युवा संघ कार्यकर्ता नाराबाजी गर्दै आएपछि दुई समूहबीच झडप भएकाे हाे।

झडपमा परेर युवा संघका केही कार्यकर्ता घाइते भएका छन् भने सवारी साधनहरुमा क्षति पुगेकाे छ।

प्रकाशित मिति: : 2023-11-23 12:13:00

प्रतिकृया दिनुहोस्