बन्धक सम्झौता ‘नैतिक कर्तव्य’: इजरायल

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले गाजामा बन्धक बनाइएका करिब ५० जना इजरायली महिला तथा बालबालिकाको रिहाइका लागि योजनाबद्ध सम्झौताबारे बुधबार एक वक्तव्य जारी गर्दै यसलाई एउटा ‘नैतिक कर्तव्य’ बताएका छन्। 

इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच कम्तीमा चार दिनका लागि युद्धविराम गर्ने पनि सम्झौतामा उल्लेख छ। 

राष्ट्रपति हर्जोगले यस सम्झौताका बारेमा इजरायली नागरिकहरूको आपत्तिलाई ‘बुझ्न सकिने, पीडादायी र कठिन’ तर स्वभाविक प्रतिक्रिया भएको बताएका छन्।

हर्जोगले भने, “परिस्थितिलाई ध्यानमा राख्दै बन्धकहरूलाई मुक्त गर्ने सम्झौताको साथ अगाडि बढ्ने प्रधानमन्त्री र सरकारको निर्णयलाई समर्थन गरिएको छ।” 

“यो एक नैतिक कर्तव्य हो जसले बन्दी बनाइएकाहरूको स्वतन्त्रता सुरक्षित गर्ने यहूदी र इजरायली मूल्यलाई सही रूपमा व्यक्त गर्दछ”, उनले भने, “सबै बन्धकहरूलाई घर फर्काउने पहिलो कदम हुन आशाका साथ गरिएको सम्झौता हो।

प्रकाशित मिति: : 2023-11-22 20:44:00

प्रतिकृया दिनुहोस्