बिएल संवाददाता
फिफा विश्वकपका लागि एसियाली छनाेटअन्तर्गत दोस्रो चरणको खेलमा आज घरेलु टोली नेपालले यमनसँग खेल्दैछ।
दशरथ रङ्गशालामा हुने खेल बेलुका ७ बजेबाट सुरु हुनेछ।
दोस्रो चरणको पहिलो खेलमा नेपाल र यमन दुवै पराजित भएका थिए। नेपाल यूएईको घरेलु मैदानमा ४-० ले पराजित भएको थियो भने यमन बहराइनसँग २-० ले पराजय भयाे। त्यसकाे अर्थ आज दुवै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रिँदै छन्।
यता, नेपाल र यमन चार खेलमा आमनेसामने भएका छन्। जहाँ ४ मध्ये ३ खेलमा यमनले विजयी हासिल गरेको छ भने एक खेल बराबरीमा रोकिएको छ। त्यस्तै, फिफा वरियातमा यमन १५६औँ स्थान र नेपाल १७३औँ स्थानमा रहेको छ।
नेपाल र यमनको पहिलो भेट सन् २००० मा एसियन कप छनोटअन्तर्गत भएको थियो। जहाँ नेपाल यमनसँग ३-० ले पराजय हुन पुग्यो। त्यसपछि नेपाल र यमनबीच दोस्रो भेट १४ वर्षपछि सन् २०१४ मा हुन पुग्यो। २०१४ मा नेपाल र यमनबीच मैत्रीपूर्ण खेल भएको थियो। उक्त मैत्रीपूर्ण खेलमा पनि नेपाल २-० ले पराजित भयाे।
त्यसपछि सन् २०१७ मा यमन र नेपाल तेस्रो पटक आमनेसामने हुन पुग्याे। एसियाकपअन्तर्गत नै यी दुई टोली आमनेसामने हुन पुगेका थिए। घरेलु मैदानमा भएको सो खेल भने ०-० काे बराबरीमा रोकियो। यमनविरुद्ध नेपालले गरेको राम्रो प्रदर्शन नै यही हो।
त्यसपछि पुन: एक वर्ष अर्थात् २०१८ मा यी दुई टोलीले चौथौ पटक प्रतिस्पर्धा गरे। यो खेलमा पनि नेपाल २-१ ले पराजित हुन पुग्यो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया