यस कारण दीपिका भइन् ट्रोलको शिकार

हालै ‘कफी विथ करण’ मा दीपिका पादुकोणले दिइको अभिव्यक्तिका कारण अहिले उनी ट्रोलको शिकार भइरहेकी छिन्।

‘कफी विथ करण’ को आठौं सिजनमा पहिलो अतिथी बनेर आएकी उनले रणवीर सिंहसँग आफ्नो ११ वर्षको प्रेमकथा र विवाहसँग सम्बन्धित धेरै नसुनेका कुराहरु बताएकी थिइन्, जसकारण हाल उनी ट्रोलको शिकार भइरहेकी छिन्। 

‘कफी विथ करण’ को आठौं सिजनको शुरुवात दीपिका पादुकोण र रणवीर सिंहको जोडीबाट सुरु भएको थियो।

अन्य बलिउड स्टारहरू जस्तै, उनीहरुको प्रेमकथा पनि फिल्मको सुटिङको समयमा सुरु भयो। सञ्जय लीला भन्सालीको फिल्म ‘गोलियों की रासलीला रामलीला’ बाट यी दुईको केमेस्ट्री सुरु भएको थियो। त्यहीँबाट दुईबीच मित्रता सुरु भयो। फिल्मको छायांकनका क्रममा दुवैले धेरै समय सँगै बिताए र नजिक भए जुन प्रेममा परिणत भयो। प्रायः चलचित्रको छायांकन सकिएलगत्तै प्रेम सम्बन्ध टुंगिन्छ। 

दीपिका पादुकोणले पनि सुटिङमा जे भएपनि यो सम्बन्धलाई लिएर आफू गम्भीर नभएको बताएकी छन्। दीपिकाले आफू त्यतिबेला दुईवटा सम्बन्धबाट बाहिर आएको र रणवीर पनि सम्बन्धबाट बाहिर आएको बताइन्।

‘रणवीर मेरो जीवनमा आउन त आए तर सुरुमा म सिरियस थिइन्। हामी एकअर्कोसँग रिलेशनशिपमा भएपनि अरू कसैसँग डेट जान जान्थोँ,’ उनले भनिन्,‘ जब रणविरले विवाहको प्रस्ताव राखे अनि म सिरियस भएँ।’

दीपिकाले थप भनिन्, ‘यद्यपि हामी दुवै खुला सम्बन्धमा थियौं। त्यतिबेला अरुसँग पनि म भेट्थेँ तर मेरो दिमागमा रणवीर नै हुन्थ्यो। यति हुँदाहुँदै पनि हामी दुवै एकअर्काबाट टाढा रहन सकेनौँ।’ दीपिकाको यो कुरालाई मानिसहरूले खासै मन पराएनन् र यसै कारणले उनी चर्को ट्रोल भइरहेकी छन्।

रणविरले सन् २०१५ मा दीपिकालाई प्रपोज गरेका थिए। त्यसपछि दुवैले चुपचाप इन्गेजमेन्ट गरे र तीन वर्षसम्म सबैबाट लुकाएर राखे।

सन् २०१२ मा बनेको यो जोडी ११ वर्षदेखि सँगै छन्।

प्रकाशित मिति: : 2023-10-28 19:11:00

प्रतिकृया दिनुहोस्