बिएल संवाददाता
कतारले आफ्ना ८ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भारतले बताएको छ। समाचारअनुसार जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेका छन्।
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा ‘नयाँदिल्लीले कतारी अधिकारीहरूसँग निर्णय लिने’ र बन्दीहरूलाई ‘सबै कन्सुलर र कानूनी सहयोग विस्तार’ जारी राख्ने बताएको छ।
‘कतारको अदालतले आज अल दाहरा कम्पनीका ८ भारतीय कर्मचारीसँग सम्बन्धित मामिलमा फैसला सुनाएको हामीसँग प्रारम्भिक जानकारी भएको छ’, बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी मृत्युदण्डको फैसलाबाट गहिरो स्तब्ध भएका छौँ र विस्तृत फैसलाको प्रतीक्षा गरिरहेका छौँ।’
खाडीस्थित कम्पनी अल दाहराले एयरोस्पेस, सुरक्षा र रक्षा क्षेत्रलाई ‘पूर्ण सहयोग समाधान’ प्रदान गर्ने उक्त कम्पनीको वेबसाइटमा उल्लेख छ। कतारका अधिकारीहरूका तर्फबाट यसबारे तत्काल कुनै पुष्टि गरिएको छैन।
भारतको विदेश मन्त्रालयले मृत्युदण्ड पाउने ती ८ व्यक्तिको कथित आरोपबारे कुनै विवरण दिएको छैन। ‘यो मुद्दा प्रक्रिया गोप्य प्रकृतिको भएकाले अहिले थप टिप्पणी गर्नु उपयुक्त हुँदैन, मन्त्रालयले सबै कानूनी विकल्पहरूको खोजी गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ।
यद्यपि, केही भारतीय मिडियाले सजाय पाउनेहरूमा पूर्वनौसैनिक अधिकारी भएको बताएका छन्। उनीहरूमा पूर्वक्याप्टेन र कमान्डर पनि रहेको छन्। उनीहरूलाई सन् २०२२ अगस्टमा दोहामा गिरफ्तार गरिएको थियो।
टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स र प्रेस ट्रस्ट अफ इन्डिया सबैले उनीहरूलाई ‘जासुसीको कथित मामिला’ मा गिरफ्तार गरिएको बताएका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया