बिएल संवाददाता
आइसीसी एक दिवसीय विश्वकप अन्तर्गतकाे खेलमा पाकिस्तानले भारतलाई १ सय ९२ रनकाे सामान्य लक्ष्य दिएकाे छ।
शनिबार अहमदावादस्थित नरेन्द्र माेदी स्टेडिममा टस हारेर पहिले ब्याटिङ गरेकाे पाकिस्तान ४२.५ ओभरमा १ सय ९१ रन बनाएर अल आउट भयाे।
पाकिस्तानका कप्तान बाबर अजामले अर्धशतक प्रहार गरे। उनी ५८ बलमा ५० रन बनाएर आउट भए।
त्यस्तै मोहम्मद रिजावनले ६९ बलमा ४९ रन बनाएर पेभिलियन फर्किए। बाबर र रिजावनले ८२ रनको साझदारी गरेका थिए।
पाकिस्तानका ओपनर इमाम उल हकले ३८ बलमा ३६ रनमा आउट भए। भने, अब्दूल्लाह शफिक एलबीडब्लू आउट भए। त्यस्तै साउद शकील ६ रन बनाएर आउट हुने पुगे। भने, इफ्तिखार अहमद ४ रनमा बोल्ड आउट हुन पुगे। पाकिस्तानका शादहाब खान ५ बलमा २ रन बनाएर पेभिलियन फर्किए।
त्यस्तै मोहम्मद नवाज १४ बलमा ४ रन बनाएर आउट भए। भने, हसन अलि १२ बलमा १९ रन बनाएर आउट भएर पेभिलिय फर्किए।
त्यस्तै पाकिस्तानका हरिफ राउफ २ रन बनाएर आउट भए।
भारतका मोहम्मद सिराज, हार्दिक पाण्डे, जसप्रित बुमराह, रवीन्द्र जगजेडा र कुददीप यादवले समान दुई-दुई विकेट लिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया